धरमरमा सत्ता गठबन्धन, प्रचण्ड-नेपालको नीति : ओली रिझाउने, देउवा बिझाउने

पहिलोपोष्ट

काठमाडाैँ

 सत्ता गठबन्धनका नेताहरुले नै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारका गतिविधिप्रति एकपछि अर्को प्रश्न उठाउन थालेका छन्। नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का नेताहरुले देउवा सरकारको चर्को आलोचना गर्दै चुनौति दिन थालेका हुन्।

स्थानीय तह निर्वाचनको मत परिणामबाटै असन्तुष्ट माओवादी केन्द्र र एकीकृत समाजवादीका नेता अहिले भने सरकारका निर्णयमाथि नै प्रश्न उठाइरहेका छन्। सरकारमै सामेल रहेका कम्युनिस्ट पार्टीका नेताहरु प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सँग नजिकिन थालेसँगै सरकार र नेपाली कांग्रेसको आलोचनामा उत्रिएका हुन्।

देउवा सरकारले प्रमुख प्रतिपक्षी दल एमालेसँगै सत्तारुढ दलका नेताहरुको सामना गर्नुपरिरहेको छ। जसमा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु देउवा सरकारको आलोचनाका लागि अघि सरेका छन्।

प्रकाशित मिति: : 2022-07-25 18:19:00

प्रतिकृया दिनुहोस्