पाकिस्तानमा बाढीको कहरः ५० घर र पावर स्टेसन जलमग्न

बिएल संवाददाता

इस्लामाबाद

पाकिस्तानको माथिल्लो कोहिस्तानमा आएको बाढीका कारण  कम्तीमा ५० घर र मिनी पावर स्टेसन डुबानमा परेका छन्। 

भारी वर्षाको कारण अचानक बाढी आएको र माथिल्लो कोहिस्तानको कान्डिया तहसीलमा ठूलो क्षति पुर्याएको प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडीएमए)का अधिकारीहरूले बताएका छन्।

चित्राल र पेशावरमा भारी वर्षासँगै आएको बाढीमा पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको पीडीएमएले जनाएको छ।

बाढीग्रस्त क्षेत्रमा उद्दारकर्ताहरु परिचालन गरिएको छ। 

प्रकाशित मिति: : 2022-07-25 06:56:00

प्रतिकृया दिनुहोस्