बीपी बिर्सेको कांग्रेस

बाह्रखरी

अमर पाण्डे

आज साउन ६ गते नेपालको प्रजातान्त्रिक आन्दोलनका शिखर पुरुष प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मृति दिवस । मिति २०३९ श्रावण ६ गते बीपी कोइरालाको देहावसान भएको थियो ।

बीपीले नागरिक स्वतन्त्रता, प्रजातन्त्र र राष्ट्रियताका निम्ति संघर्ष गरिरहे । त्यसबेला स्वदेशमा मात्र नभएर विश्व राजनीतिक रंगमञ्चमा आफ्नो उज्ज्वल छवि बनाएका कोइराला नेपालको प्रजातान्त्रिक आन्दोलन र नागरिक स्वतन्त्रताका एक अमर योद्धाका साथै नेपाली साहित्यका तारा पनि हुन् ।

वि सं १९७१ भाद्र २४ मा जन्मिएका बीपीको पारिवारिक पृष्ठभूमि राजनीतिक एवं सामाजिक थियो । उनका पिता कृष्णप्रसाद कोइराला ( पिताजी) सामाजिक चेतका व्यक्ति थिए । पिताको प्रभाव बीपीमा पनि परेको थियो ।

आफ्नो जीवनकालको लामो समय उनी प्रवासमा बसे । त्यस्तै २०१७ मा राजा महेन्द्रले कु गरेपश्चात ८ बर्ष  जेलमा बसेका बीपी २०२५ देखी २०३३ सम्म भारत बसेँ । विसं २०३३ मा मेलमिलापको निति लिएर नेपाल फर्केपछि भने उनी नेपालमै रहेँ । यसरी हेर्दा जम्माजम्मी उनले १६ वर्षमात्र नेपालमा बसेर खुला राजनीति गरेँको देखिन्छ । 

प्रकाशित मिति: : 2022-07-22 15:08:00

प्रतिकृया दिनुहोस्