प्रचण्ड र बाबुरामबीच भेटवार्ता

File Photo
File Photo

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ।

मंगलबार सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा प्रचण्ड र बाबुरामबीच भेटवार्ता भएकाे हाे।

उनीहरूबीच समाजवादी केन्द्र गठनबारे संवाद भएको प्रचण्डनिकट स्राेतले जनाएको छ। यसैगरी प्रचण्डको भारत भ्रमण, समसामयिक राजनीतिलगायतका विषयमा छलफल भएको स्राेतले जनाएको छ।

यसअघि उपराष्ट्रपति नन्दबहादुर पुनकाे निवासमा दुई चरण उनीहरूबीच छलफल भएको थियो।

आजै माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतमसंग पनि सिंहदरबारमै छलफल हुने माओवादी नेता वर्षमान पुनले बिएल नेपाली सेवालाई जानकारी दिएका छन्।

प्रकाशित मिति: : 2022-07-19 13:40:00

प्रतिकृया दिनुहोस्