एक वर्षमा ५ लाख सवारी साधन ट्राफिक कारबाहीमा, १८ कराेड राजश्व संकलन

शनि शाक्य

काठमाडौं
Breaknlinks
Breaknlinks

आ.व. २०७८/०७९ मा काठमाडाैँ उपत्याकाका ५ लाख सवारी साधन कारबाहीमा परेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखा, काठकाडौँकाअनुसार उक्त एक वर्षकाे अवधिमा ५ लाख सवारी साधान कारबाहीमा परेकाे र त्यसबाट १८ कराेड बढी राजश्व संकलन गरिएकाे हाे।

महाशाखाले सोमबार पत्रकार सम्मेलनमार्फत् एक वर्षकाे अवधिकामा भएका काम तथा याेजनाहरूबारे जानकारी दिएकाे थियाे।

अब उपत्याकाकका २२ स्थानमा २४ घण्टै ट्राफिक प्रहरी खटिनुका साथै र ३ सय २६ स्थानमा १६ सय बढी ट्राफिक प्रहरी परिचालन गरिेने याेजना रहेकाे महाशाखका प्रवक्ता प्रहरी उपरीक्षक सन्जिवकुमार दासले बताएका छन्। उनकाअनुसार अव्यवस्थित पार्किङ गर्ने ४१ हजार ९ सय ५ सवारी साधन कारबाहीमा परेका छन्।

महाशाखा प्रमुख प्रहरी नायव महानिरीक्षक मीरा चाैधरीले ट्राफिक दुर्घटना न्यूनिकरणकाे लागि सचेतनाका कार्यक्रमहरू गरिरहेकाे जानकारी दिइन्।

भिडियाे:

प्रकाशित मिति: : 2022-07-18 17:42:00

प्रतिकृया दिनुहोस्