अन्तर्घातको छानबिन गर्न माओवादीले बनायो समिति

नेकपा (माओवादी केन्द्र)ले गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा अन्तर्घात भएको भन्दै छानबिन समिति बनाएको छ। आज (शनिबार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी सिमिति बैठकले साे समिति बनाएकाे हाे।

चुनावमा भएको अन्तर्घातको विषयमा छानबिन गर्न अनुशासन आयोगका अध्यक्ष टंक राईको संयोजकत्वमा तीन सदस्यी समिति गठन गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

समितिको सदस्यमा मुक्ति प्रधान र खिमलाल देवकोटा सदस्य रहेका छन्।

केही दिनअघि सम्पन्न केन्द्रीय समिति बैठकमा निर्वाचनमा अन्तर्घात भएकाे भन्दै कारबाही गर्नु पर्ने माग उठेकाे थियाे।

प्रकाशित मिति: : 2022-07-09 11:57:00

प्रतिकृया दिनुहोस्