हुर्किए पुष्पा र अञ्जली

अनलाइनखबर

सुवास पण्डित

चितवनको सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारीहरुसँग लडिबुडी गर्दै हुर्किएका पुष्पा र अञ्जलीका लागि कोषको आँगन अब साँघुरो भएको छ । पुष्पा र अञ्जलीलाई जंगलमा छाड्ने बेला भएको छ । तर कर्मचारीको रेखदेख र माया ममतामा हुर्किएका उनीहरूलाई ‘वाइल्ड’ बनाउनुपर्ने चुनौती छ ।

जन्मिएलगत्तै आमाबाट छुटेका थिए यी दुई गैंडाका केटीहरु । तिनलाई कोषका कर्मचारीहरुले उद्धार गरेर ल्याए र नाम राखिदिए– पुष्पा र अञ्जली । पुष्पा २८ महिनाकी र अञ्जली १४ महिनाका भए । उनीहरुलाई एकैपटक सम्बोधन गर्दा कर्मचारीहरु ‘पुष्पाञ्जली’ भन्छन् ।

पहिले त्यही कोषको चौरमा छुनुमुनु गरेर दिन कटाउने पुष्पा र अञ्जली हिजोआज बजारतिरसम्म डुल्न थालेका छन् । आफू गएको पाइला सुँघ्दै फर्कने भएकाले हराउँदैनन् । तर, कहिलेकाहीँ अल्मलिन्छन् । नजिकैको जंगलमा सँगसँगै जाने र चर्ने गर्छन् ।

प्रकाशित मिति: : 2022-07-06 15:23:00

प्रतिकृया दिनुहोस्