फुटपाथमा मकै बेच्नेमाथि महानगर आक्रामक, थापाथलीमा नगरप्रहरीको लछारपछार

बाह्रखरी

काठमाडौं

फुटपाथमा चेतेन्द्र आचार्य दम्पतीमाथि नगरप्रहरीको लछारपछारको घटना सेलाउन नपाउँदै काठमाडौं महानगरपालिकाको नगर प्रहरीले थापाथली चोकको फुटपाथमा मकै बेच्नेमाथि पनि लछारपछार गरेको छ । 

नगर प्रहरीले मंगलबार फुटपाथमा राखिएका मकै, दाउरा, कराइ, कपडालगायत सामान उठाएको हो । पछिल्लो समय महानगर फुटपाथमा मकै बेच्नेमाथि झन आक्रामक देखिएको छ । 

६० वर्षिय तेज बहादुर तामाङ र सीता लामा दम्पती तथा सञ्जुदेवी चौधरीको मकैसहितका सामान उठाएको छ । उनीहरू आफ्नो कुनै पेसा नरहेको र अरू काम गर्न पनि नसक्ने अवस्थामा रहेको बताउँछन् ।

प्रकाशित मिति: : 2022-07-05 15:56:00

प्रतिकृया दिनुहोस्