अमेरिकाको शिकागोमा गोली चल्दा ६ जनाको मृत्यु (भिडियाे)

अमेरिकाको इलिनोइस राज्यस्थित हाइल्याण्ड पार्कमा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु भएकाे छ।

जुलाई ४ अर्थात् अमेरिकी स्वतन्त्रता दिवसमा उत्सव मनाइरहेकाे एउटा भीडमाथि बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका हुन्।

परेड भीडमाथि गोली चलेपछि सर्वसाधारण मानिस आतंकित बनेर भाग्दै गरेको भिडियो सामाजिक सञ्जालमा देख्न सकिन्छ। बन्दुक हमलाबारे अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएकाे छ।

प्रहरीका अनुसार आक्रमणमा परी ३१ जनाभन्दा बढी घाइते भएका छन्। उनीहरूकाे स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेकाे छ।

स्थानीयलाई घटनास्थलबाट टाढा रहन आग्रह गरिएकाे छ। आक्रमणकारीले पसलको छतबाट अन्धाधुन्ध गोली चलाएको थियो। सुरक्षा स्राेतका अनुसार आक्रमणकारी १८ देखि २० वर्षका युवक हुनसक्ने अनुमान गरिएकाे छ। उनको रंग गोरो छ। लामो कपाल छ। 

प्रहरीले घटनास्थलबाट पेस्तोल बरामद गरेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले भने– म यो निर्मम हिंसाबाट स्तब्ध छु।

प्रकाशित मिति: : 2022-07-05 06:40:00

प्रतिकृया दिनुहोस्