जनता समाजवादी पार्टीका नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।
सोमबार राष्ट्रपति कार्यालय शितल निवासमा उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शपथ लिएका हुन्।
जसपाबाट मृगेन्द्रकुमार सिंह यादव कृषि तथा पशुपंक्षी विकास मन्त्री, मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार तथा यातायात र प्रदीप यादव वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका हुन्।