‘सरकारको असहयोगले विश्वविद्यालय सञ्चालनले गति लिन सकेन’

अनलाइनखबर

प्रा.डा. लेखनाथ शर्मा

म्रो कार्यकालमा पनि हामीले चाहे जस्तो गर्न सकेनौं । तर, हामीले प्रयत्न भने गर्‍यौं । पहिलो कुरा त यो खालको विश्वविद्यालयको परिकल्पना नेपालको लागि नयाँ कुरा थियो ।

गुणस्तर हुन्छ हुँदैन, मान्यता दिइन्छ कि दिइँदैनलगायत विषयमा आशंका थियो । अनलाइन डिस्ट्यान्स पढाइरहेका संघ–संस्थाको गुणस्तरमा आशंका उठिरहेको बेला स्थापना भएको थियो ।

खुला विश्वविद्यालय पूर्वाधार समिति गठन भए पनि विश्वविद्यालय खुल्ने बेला कुनै पनि पूर्वाधार थिएन । नियुक्ति र ऐन लिएर आफैं अफिस खोजेर काम सुरु गरेका हौं । यस्तै विविध कठिनाइका बीच सञ्चालन भइरहेको बेला कोभिड आयो ।

कोभिड हाम्रो लागि फाइदा र बेफाइदाको दुवै कारण बन्यो । सानोठिमीमा मन्त्रालयले अर्को व्यवस्था नभएसम्म भनेर दिएको जग्गामा संरचना बनाउने योजना गरेका थियौं । तर, कोभिडको कारण बनाउन सकेनौं ।

 

प्रकाशित मिति: : 2022-07-04 17:43:00

प्रतिकृया दिनुहोस्