युक्रेन युद्धः ६ दशमलब २ मिलियन मानिस देशभित्रै विस्थापित

बिएल संवाददाता

किभ, युक्रेन
[Efrem Lukatsky/AP]

युक्रेनमा रुसको आक्रमणका कारण अहिले ६ दशमलब २ मिलियनभन्दा बढी मानिसहरु घरबार छोडेर देशभित्रै बस्न बाध्य भएको अनुमान गरिएको राष्ट्रसंघले जनाएको छ। 

यो संख्या युद्ध सुरु भएदेखि युक्रेनबाट भागेका र अन्य युरोपेली देशहरूमा शरणार्थीको रूपमा दर्ता भएका ५ दशमलब २६ मिलियन मानिसहरूको अतिरिक्त हो। 

जुन २३ सम्म युक्रेनमा अनुमानित ६.२७५ मिलियन आन्तरिक विस्थापित व्यक्ति (आईडीपी) रहेका राष्ट्र संघको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) ले जनाएको छ। यो २४ फेब्रुवरीमा  रूसी आक्रमण पछि आइओएमद्वारा रेकर्ड गरिएको सबैभन्दा कम आइडीपीको संख्या हो।

फेब्रुवरीदेखि ६ वटा सर्वेक्षण गरेको संयुक्त राष्ट्रसंघीय निकायले ३ मेमा प्रकाशित चौथो सर्वेक्षणमा आईडीपीको संख्या ८ मिलियन पुगेको बताएको छ। पछिल्लो सर्वेक्षणले सुरुमा भागेका (देशभित्र र बाहिर) ५ दशमलब ५५ मिलियन मानिसहरू आफ्नो घर फर्केको जनाएको छ।
 

प्रकाशित मिति: : 2022-06-29 06:41:00

प्रतिकृया दिनुहोस्