जनताको वहुदलीय जनवाद बुझ्ने हो भने…

अनलाइनखबर

ईश्वर पोखरेल

जनताको बहुदलीय जनवाद – यो सुन्दर लाग्ने सूत्रीकरण मात्र होइन । न त यो अत्यन्त आदर गरिएका दिवंगत नेता मदन भण्डारीको नाम सम्झेर भावुकतावश उल्लेख गरिएको नामाकरण नै हो ।

नेपाली विशिष्टतामा मार्क्सवादलाई सिर्जनात्मक रूपमा प्रयोग गर्दा विकसित भएको विचार हो – जनताको बहुदलीय जनवाद ! यो नेपाली क्रान्तिको ठोस व्यवहारमा विकसित नवीन विचार हो र नेपालको विशिष्टतामा क्रान्तिकारी परिवर्तनलाई दिशानिर्देश गर्ने विचार पनि हो ।

यसले नेपालको क्रान्तिकारी परिवर्तन सम्वन्धमा मुलुकको राजनीतिक यथार्थ धरातलमा उभिएर सैद्धान्त्तिक र नीतिगत प्रश्नहरूको आधारभूत रूपमा समाधान गरेको छ । जबजको जन्म जडतामा जकडिएको मान्यता बोकेर भएको होइन । नेपालको कम्युनिष्ट आन्दोलनका अग्रजहरूले अघि सारेका राजनीतिक विचार र मान्यताका सकारात्मक पक्षहरूको जगमा उभिएर विकसित भएको विचार हो । 

प्रकाशित मिति: : 2022-06-28 13:03:00

प्रतिकृया दिनुहोस्