मराठी सत्ता संकटः ठाकरे ढाल्न किन लागे शिवसेनाकै मन्त्री शिन्दे

Shambhavi Thakur | NewsLaundr

भारतको महाराष्ट्र राज्य सरकारले यतिबेला सत्ता संटक झेलिरहेको छ।

शिवसेवाका प्रमुख तथा मुख्यमन्त्री उद्धव ठाकरे आफ्नै पार्टीका सांसदहरूबाट घेरिएका छन्। ठाकरे नेतृत्वको गठबन्धन सरकारविरूद्ध शिवसेनाका प्रभावशाली मन्त्री एकनाथ शिन्दे अर्काे कित्तामा छन्।

शिवसेनाका २२ संसद मुख्यमन्त्री ठाकरेलाई छाडेर शिन्देको साथमा छन्। हप्ता दिनयता उनी थप मजबुत बनिरहेको शिवसेना स्रोतको दाबी छ।

महाराष्ट्र राज्य सरकार ढल्ने पूर्वसूचना पाएलगतै मुख्यमन्त्री ठाकरे सरकारीनिवासबाट ‘मातोश्री’ भवन सरिसकेका छन्।

पार्टीभित्र बेग्लै गुटको नेतृत्व गरिरहेका मन्त्री शिन्दे नयाँ शिवसेना बनाउने सोचमा छन्। उता मुख्यमन्त्री ठाकरे सरकारको चिन्ता छाडेर पार्टीमा आफ्नो अस्तित्व जोगाउने संघर्षमा जुटेको शिन्देनिकट एक नेता बताउँछन्।

सत्ता–घटकका नाइके तथा राष्ट्रवादी कांग्रेसका प्रमुख शरद पवार आफ्नो राजनीतिक जीवनको अर्को महत्वपूर्ण खेल–मैदानमा उत्रिएको मराठी नेताहरूको दाबी छ। महाराष्ट्र पछिल्लो सत्ता राजनीतिमा भारतीय जनता पार्टी पूर्णरुपमा खेलिरहेको छ।

‘बीजेपी यो सबै तमासाको सुत्रधार र मुकदर्शक हो। सत्ताका लागि बीजेसी नेताहरू जे गर्न पनि तयार हुन्छन्,’ नेपालीमुलका शिवसेना शाखा प्रमुख राजेन्द्र थलारीले भने।

शिवसेनाबाट बिद्रोह गरेका सांसदलाई तत्काल कारबाही गरिने युवासेनाका प्रमुख आतित्य ठाकरे बताउँछन्। शिवसेना, राष्ट्रवादी कांग्रेस र राष्ट्रिय कांग्रेसको महाराष्ट्र गठबन्धन सरकार संकटमा परेको छ। त्यसो त शिवसेनाका १६ सांसदले समर्थन फिर्ता लिन बितिकै सत्ता बीजेपीको हातमा पुग्ने छ।

स्रोतका अनुसार शिवसेनाले कारबाहीको तयारी गरेपनि उपसभामुखले आलटाल गरेका छन्। मन्त्री शिन्देले आफूसँग शिवसेना र स्वतन्त्र गरी २५ भन्दा बढी सांसद रहेको दाबी गर्दैआएका छन्।

‘रुखको फूल, फल र हाँगा काट्न सकिन्छ तर जरा तोड्न सकिँदैन। शिवसैनिक हाम्रा आत्मा हुन्,’ भावुक सन्देश दिँदै शुक्रबार मुख्यमन्त्री ठाकरेले भने।

खासमा पार्टी प्रमुख तथा मुख्यमन्त्री ठाकरेले छोरा आदित्य ठाकरेलाई पार्टी र सरकारमा महत्वपूर्ण जिम्मेवारी बढाउँदै गएपछि शिन्दे झस्किएका हुन्।

प्रकाशित मिति: : 2022-06-25 06:35:00

प्रतिकृया दिनुहोस्