अमेरिकामा 'बन्दुक' सम्बन्धी दुई निर्णय : सिनेट बन्दुकको विपक्षमा, सर्वोच्च अदालत पक्षमा

बिएल संवाददाता

वासिङ्टन डीसी, अमेरिका

अमेरिकामा बन्दुकलाई लिएर विहीबार मिश्रित परिणाम दिने खालका दुई फरक परिघटना भएका छन् । एउटा परिघटनाले बन्दुकको पक्षपोषण गरेको छ भने अर्को  परिघटनाले बन्दुकलाई निरत्साहित गर्ने देखिन्छ ।  

पहिलो परिघटना सर्वोच्च अदालतमा घट्यो । नकरात्मक सन्देश दिने त्यस परिघटनाले  न्युयोर्कमा २१ वर्ष मुनिकालाई अर्धस्वचालित बन्दुक किन्न लगाइएको  प्रतिवन्ध खारेज गरिदियो । केही समयअघि न्युयोर्कका गभर्नरले राज्यमा युवाहरूले सहजै बन्दुक किन्न नपाउन भनेर  २१ वर्ष मुनिकालाई अर्धस्वचालित बन्दुक किन्न प्रतिवन्ध लगाएका थिए । त्यस निर्णयको विपक्षमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले बन्लुक राख्न पाउँनु अमेरिकी जनताको अधिकार भएको फैसला गरेको थियो । 

यसरी अमेरिकी सर्वोच्च अदालतले गरेको निराशाजनक फैसलाले निराश बनेका न्युयोर्कबासीहरूलाव् शान्तवना दिने खालको परिघटना अमेरिकी संसदको माथिल्लो सदनमा घट्यो । सिनेटले द्विदलीय सहमतिमा बन्दुक अधिकारलाई नियन्त्रण गर्ने विधेयकको पक्षमा मतदान गरेर सकारात्मक सन्देश दियो । सिनेटमा ६५-३४ को भारी बहुमतले बन्दुक सुरक्षा विधेयक पारित गर्यो । विधेयकको पक्षमा डेमोक्रेटिक सिनेटरसँगै १५ जना रिपब्लिकन सिनेटर पनि उभिए । उनीहरूको यो समर्थनले ६० मतको फिलिबस्टरको संकट पनि सजिलै टरेको थियो ।

अमेरिकामा बन्दुकलाई लिएर विहीबार मिश्रित परिणाम दिने खालका दुई फरक परिघटना भएका छन् । एउटा परिघटनाले बन्दुकलाई  प्रोत्साहित गर्नेछ भने अर्को  परिघटनाले बन्दुकलाई निरत्साहित गर्नेछ ।

विधेयकमा राज्यहरूलाई बन्दुक स्वतन्त्रताको विपक्षमा काम गर्न ७५० मिलियनको सहयोग प्याकेजे उपलव्ध गराउने छ जसले रेड फ्ल्याग ल, व्यायफ्रेन्ड लुपहोलजस्ता कानूनी प्रावधानलाई कडाइका साथ लागु गर्न सहयोग पुग्ने छ। 

सिनेटले पारित गरेको विधेयक चाँडै संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट पारित भएर  राष्ट्रपतिको डेस्कमा पुग्ने अपेक्षा गरिएको छ । तल्लो सदनमा डेमोक्रेटिक पार्टीको बहुमत भएकाले यो विधेयक पारित हुने लगभग निश्चित छ । 

प्रकाशित मिति: : 2022-06-24 08:40:00

प्रतिकृया दिनुहोस्