मानले गरे बायर्नसँग तीन वर्षको सम्झौता

File photo
File photo

जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखले इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलका प्रभावशाली फरवार्ड साडियो मानेलाई तीन वर्षको लागि अनुबन्ध गरेको छ। 

३० वर्षीय सेनेगलका फरवार्ड ३५ मिलियन युरोमा जर्मन महारथि बायर्न पुगेका हुन्। मानेले लिभरपुलमा आफ्नो अन्तिम सिजन लिग कप र एफए कपको उपाधि जितेका थिए। यूईएफए च्याम्पियन्स लिगमा भने लिभरपुल उपविजेता बनेको थियो। 

यस्तै,मानेको प्रभावशाली प्रदर्शनमा सेनेगलले अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको थियो। मानेले आफूले एनफिल्ड छोडे पनि सधैँ लिभरपुलको समर्थक रहिरहने प्रतिक्रिया दिएका छन्।

यस्तै, उनले नयाँ चुनौती सामना गर्न आफू तयार रहेको बताए। ‘म बायर्नमा आउँदा निकै खुसी छु’, मानेले पहिलो प्रतिक्रिय दिएका छन्। 

‘मलाई बायर्नले मात्र नभई अन्य ठूला क्लबले समेत अनुबन्धन गर्ने इच्छा व्यक्त गरेका थिए । मैले बायर्न नै रोजे । म नयाँ चुनौतीको सामना गर्न तयार छु। म बायर्न आए भन्दैमा लिभरपुलको खेल हेर्न छुटाउँदिन किनभने म सधैँ लिभरपुलको नम्बर एक समर्थक हुँ,’ उनले भने। 

माने सन् २०१६ मा साउथहमटनबाट लिभरपुल भित्रिएका थिए। उनले लिभरपुलबाट २६९ गोलमा १२० गोल गरेका छन्। यस्तै ६ उपाधि जितेका छन्। 

प्रकाशित मिति: : 2022-06-23 12:28:00

प्रतिकृया दिनुहोस्