बिएल संवाददाता
उर्लाबारी, ग्राहक र स्थानीयको करोडौ रकम ठगेर उर्लाबारीका एकजना ब्यापारी फरार भएका छन्।
उर्लाबारी–७ स्थित बरगाछी घर भइ सोहि ठाउँमा हार्डवयेर पसल संचालन गर्दै आएका विनोद ओली एक महिनादेखि सम्पर्कविहीन बनेका छन्।
लामो समयदेखि उनले बरगाछीमा एक हार्डवयेर पसल संचालन गर्दै आएका थिए। चाहिएजति सिमेन्ट, रड उपलब्ध गराउने सर्तमा ग्राहकबाट अग्रिम भुक्तानी लिने, स्थानीयबासी, बैंक तथा वित्तीय संस्थाको गरी करोडौ कुम्ल्याएर ओली फरार भएका हुन्।
प्रहरी कार्यालय र नगरपालिकामा उनीविरुद्ध उजुरीको चाङ छ। ठगिएको थाहा पाएर पैसा माग्न जाँदा एक महिनादेखि उनी सम्पर्कविहीन बनेको पीडितहरुको गुनासो छ। ओलीलाई सम्पर्कमा ल्याई गुमेको पैसा फिर्ताका लागि पहल गरिदिन आग्रह गर्दै इलाका प्रहरी कार्यालय उर्लाबारी र उर्लाबारी नगरपालिकामा दिनहुँ गुनासो लिएर पीडितहरु पुग्ने गरेका छन्।
३५ जना बढीले आफू पीडित भएको भन्दै गुनासो गरेका छन्। ‘विनोद ओलीबाट ठगिएको भन्दै आउनेको संख्या ठूलो छ’, एकजना प्रहरीले भने ‘दिनप्रतिदिन यो संख्या बढिरहेको छ।’ ओली उर्लाबारी जेसीजका पूर्व अध्यक्ष हुन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया