प्रदेश नं. १ : उपयुक्त नाम र विकल्प

अनलाइनखबर

काठमाडौं

प्रदेश नं. १ बाहेक अन्य प्रदेशहरूले आफ्नो नामकरण गरिसकेका छन् । प्रदेश नं. १ ले पनि यही बर्खे अधिवेशनको अवधिभित्र आफ्नो प्रदेशको नाम राख्ने जमर्को गरिरहेको छ ।

ढिलै भए पनि यो दायित्व पूरा गर्नु आफैंमा एक सकारात्मक कुरा हो । यो लेखक पनि सोही प्रदेशको माटोमा उम्रिएको हुँदा प्रदेशको उपयुक्त नाम के हुनसक्ला भन्ने सेरोफेरो भित्र रहेर आफ्ना सोच, दृष्टिकोण र विचार पस्कने जमर्को गरेको छु ।

इतिहासका आरोह–अवरोहहरूमा राज्यका सिमानाहरू नाच्ने गरे तापनि उत्तरमा ब्रह्मपुत्र (यारलुङ साम्पो), पूर्वमा टिष्टा, दक्षिणमा गङ्गा, र पश्चिममा सतलजसम्मकोे भूभाग ऐतिहासिक निरन्तरता सहितको तुलनात्मक रूपमा स्थायी भौगोलिक थलो हो नेपालमण्डल ।

यो मण्डलमा साना र अल्पकालीन प्रकृतिका केही राज्यहरू उदाए तापनि किराँत, मल्ल, सेन र खस साम्राज्य बाहेक अन्य राज्यहरूले हिमाल, पहाड र तराईको अधिकांश भूभागसम्म आफ्नो प्रभुत्व जमाउन सकेको पाइँदैन ।

प्रकाशित मिति: : 2022-06-22 14:40:00

प्रतिकृया दिनुहोस्