बारामा एक घरबाट लाखौंको सुनका गहाना चोरी

बाराको निजगढ नगरपालिका वडा–९ निवासी  गोविन्द खरेलको घरमा मगलवार दिउसो चोरी भएको छ। चोरहरुको समुहले खरेलेको घरको मुल ढोका ताेडफोड गरेर  दराज र सन्दुकमा राखिएको नगदसहित लाखौं मूल्य बराबरको सुन चोरी गरेको हो। 

घरमा राखिएको करिव २५ तोला सुन र १ लाख रुपैया चोरी भएको खरेलले जानकारी दिए। घरमा मान्छे नभएको मौका पारेर आएका चोरहरुले बिहान १० बजेदेखि दिउँसो ४ बजेको अवधिमा चोरी गरेको उनले बताए। 

आफन्तको बिहेमा सरिक हुन आफू बिहान १० बजे घरबाट निस्किएको र साँझ ४ बजे फर्किदा चोरी भएको पाइएको घरमुली खरेलले बताए। घरको मुल ढोकाको ताल्चा फोरर भित्र पसेका चोरहरुले चोटाकोठा चाहार्दै निर्थक्कसँग सुनका गहना खोजेर लगेको उनले बताए। 

ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक संजीव ओलीले खरेलको घरमा मगंलवार दिउसो चोरी भएको तर चोरी भएको सुन र नगदको बारेमा भने सबै जानकारी आउन बाँकी रहेको बताए।

प्रकाशित मिति: : 2022-06-22 10:08:00

प्रतिकृया दिनुहोस्