इन्डिगोको विमानमा चरा ठोकिएपछि आकस्मिक अवतरण

बिएल संवाददाता

नयाँ दिल्ली
Imgae facebook/idigo
Imgae facebook/idigo

गुवाहाटीबाट दिल्लीका लागि उडेको इन्डिगोको विमानमा  चरा ठोकिएको छ। आइतबार उडेको केही मिनेटमै चरा ठोक्किएपछि विमानलाई गुवाहाटी विमानस्थलमा फर्काइएकाे थियो।

अवतरणपछि सबै यात्रुहरूलाई दिल्ली जाने अर्को उडानमा राखिएको थियो र विमानको निरीक्षण गरिएको थियो। ‘गुवाहाटीबाट दिल्लीका लागि उडेको  इन्डिगो एयरबस भीटी–आइटीबी अपरेटिङ उडान ६ इ ६३९४ मा शंकास्पद चरा ठोकिएपछि गुवाहाटी एयरपोर्टमा नै फर्किएको थियो’, इन्डिगोले एक विज्ञप्तिमा भनेको छ।

एकै दिनमा विमानले आकस्मिक अवतरण गरेको यो दोस्रो घटना हो। आइतबार नै पटनाबाट नयाँ दिल्लीका लागि उडेको स्पेस जेटको विमानको बायाँ इन्जिनमा चरा ठोकिएपछि आगो लागेको थियो। आगो लागेपछि विमानलाई फर्काएर पटनामै सुरक्षित ढंगले अवतरण गरिएको थियो।

एजेन्सी

प्रकाशित मिति: : 2022-06-20 10:10:00

प्रतिकृया दिनुहोस्