गीतसंगीतमय बन्याे आदिवासी 'फुड फेष्टिबल'काे दाेश्राे दिन

विजय धिमाल

उर्लाबारी

माेरङकाे उर्लाबारीमा पहिलो पटक आयाेजित आदिवासी जनजाति फुड फेष्टिबल दाश्राे दिन गीतसंगीतमय र सांस्कृतिक जातिय नाच भब्य भएकाे छ।

आदिबासी जनजातीहरुको आर्थिक समृद्धिसँगै पहिचाहनलाई समाजमा स्थापित गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको आयोजक आदिवासी जनजाति महासंघ, नगर समन्व्य परिषद्,उर्लाबारीका बरिस्ठ उपाध्यक्ष तथा कार्यक्रम संयाेजक सम्सेर लिम्बूले जानकारी दिए।

उक्त फेष्टिबलमा राई, लिम्बु, धिमाल, तामाङ, मगर, माझी, किरात, सन्थाल, नेवार सहित स्थानीय जातजातीका मौलिकता सहित पराम्परागत खाना यथावत संगै जातीय नाचगान संगै स्थानिय विद्यालयहरुकाे समेत सहभागी रहेकाे थियाे।
आदिवासी जनजाती महासंघ नगर समन्वय समितिका अध्यक्ष मणीलाल श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रमको दाश्राे दिन आदिवासी जनजाति महासंघ प्रदेश अध्यक्ष धुर्ब मेन्याङबाेले उदघाटन गरेकाथिए। बिशिस्ट अतिथि आदिवासी जनजाति महासंघ पूर्व जिल्ला उपाध्यक्ष नरबहादुर माेक्तान रहेका थिए।

उनले कथा सुनाउदै राज्यले देखाउने सहयाेग भने पटक्कै नदिने आदिवासी जनजातिलाई उपेक्षित गरेकाे गुनासो गर्दै अब जातजाति एक भएर लागिपर्नु पर्नेमा जोड दिए। कार्यक्रममा जातिका वा संस्थाकाे प्रमुख र स्थानिय विद्यालयका प्रतिनिधि लगायत अतिथिहरु रहेका थिए।
कार्यक्रम असार ५ गते सम्म संचालन हुने आयोजकले जनाएको छ।  दाेश्राे दिनकाे कार्यक्रममा धिमाल जातिकाे राष्ट्रिय गायक संजिव धिमाल, स्थानीय गायक ताराबिर पाण्डे र सुरेश धिमाल स्थानिय जातिय नाचगान लगायतको प्रदर्शन रमाईलाे भएकाे थियाे।

अन्तिम दिन स्थानिय गायक नन्दु गुरुङ लगायत स्थानिय कलाकरहरुकाे प्रस्तुति रहने आयाेजकले बताए। उर्लाबारी नगरपालिकाको आर्थीक सहयोगमा कार्यक्रम भएकाे सचिव नारायण राईले बताए।
 

प्रकाशित मिति: : 2022-06-18 18:11:00

प्रतिकृया दिनुहोस्