नेपाल ओलम्पियन संघले ओलम्पिक डेका अवसरमा ओलम्पियन पुनर्मिलन गर्ने भएको छ। शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै संघले ७ असारसम्म भौतिक रुपमा रहेका ओलम्पियनहरुको भेला गराई पुनर्मिलन गर्ने जनाएको हो।
नेपालले १९६४ मा टोकियोमा आयोजना भएको ओलम्पिकबाट ओलम्पिकमा उपस्थिती जनाएको थियो। संघले सो समयदेखि २०२० मा टोकियोमा आयोजना भएको ओलम्पिक सम्मका ओलम्पियनहरुको पुनर्मिलन गर्न लागेको हो।
ओलम्पियनहरू आआफ्नो कार्य व्यस्तताका कारण सबै सधैँ एकै ठाउमा भेला हुन नसक्ने अवस्था रहेकोले भातृत्व र आत्मियता साटासाट गर्न पुनर्मिलनको आयोजना गर्न लागिएको संघका अध्यक्ष दीपक बिष्टले जानकारी गराए।
बिष्टले बिदेशमा रहेका ओलम्पियनहरुलाई पनि उक्त कार्यक्रममा सहभागि गराउन प्रत्यक्ष प्रशारण मार्फत समेट्ने प्रयास रहेको बताए। सो अवसरमा अग्रजलाई सम्मान गर्ने र दिगंवत ओलम्पियनहरुलाई पनि उक्त दिन बिशेष सम्झना गर्ने अध्यक्ष बिष्टले बताए।
संघले ओलम्पिक डे का अवसरमा अन्य कार्यक्रमलाई पनि अगाडी सारेको छ। जसमा ५ असारमा ओलम्पियन संघ र राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघविच टेबल टेनिस, ६ गते ओलम्पियन संघ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र नेपाल खेलकुद पत्रकार मञ्चविच मैत्रीपूर्ण फुटबल, ८ गते स्कुल टु ओलम्पिक कार्यक्रम अन्तर्गत विभिन्न स्कुलका विद्यार्थी र ओलम्पियनबीच अन्तरक्रिया कार्यक्रम र ९ गते ओलम्पिक डे मनाउन कार्यक्रम छ।