जुम्लाका दलबहादुरु कुँवर रूकुम (पूर्व)काे भूमेमा सम्पन्न चाैंथाे ‘गुरिल्ला अल्ट्रा म्याराथन’ विजेता बनेका छन। शुक्रबार सम्पन्न ६३ किलाेमिटर लामाे गुरिल्ला अल्ट्रा म्याराथन उनले ५ घण्टा ५३ मिनेट ५२ सेकेण्डमा पूरा गरेर विजयी बनेका हुन।
त्यस्तै, भूमे– २ खाबाङका हिमाल बुढा मगर दाेस्राे बनेका छन्। मगरले साे दुरी ६ घण्टा २१ मिनेट ६ सेकेण्डमा पूरा गरे। त्यसैगरी रूकुमकै दुर्गाबहादुर बुढाले तेस्राे स्थान प्राप्त गरेका छन्। उनले साे दुरी ६ घण्टा ३० मिनेट ५७ सेकेण्डमा पूरा गरे।
यसअघि गत चैत २६ गते जुल्मा अल्ट्रा म्याराथनमा ४९ किमिको डौड् प्रतियाेगितामा कुँवुर दाेस्राे भएका थिए। त्यतिबेला उनले साे दुरी ५ घण्टा ५ मिनेट ७ सेकेन्डमा पूरा गरेका थिए।
यसपटक च्याम्पियन बनेका उनले आगामी दिनमा हुने अन्य म्याराथन प्रतियाेगितमा पनि सहभागी हुने बताए।
यो वर्षको गुरिल्ला अल्ट्रा मारथनमा ९९ जनाले भाग लिएका थिए। भूमे गाउपलिका रुकुम पुर्वमा प्रत्येक वर्ष आयोजना हुने गुरिल्ला अल्ट्रा म्याराथन प्रतियोगिता युवा विकास केन्द्रले सञ्चालन गर्दै आएको छ। जसमा भूमे गाउँपालिका रुकुम (पूर्व)को आर्थिक सहयोग रहेको छ।