कार्की ब्यान्क्वेटमा एमालेकाे रात्रिभाेज (हेर्नुहोस् १० तस्बिर)

Photo– Balkot
Photo– Balkot

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निवार्चित स्थानीय तहका जनप्रतिनिधिलाई बिहिबार साँझ रात्रिभोज दिएका छन्। 
दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण तालिममा काठमाडौं आएका उनीहरूलाई अध्यक्ष ओलीले कार्की ब्यान्क्वेटमा रात्रिभोज दिएका हुन्। 

अध्यक्ष ओलीद्वारा आयोजित भोज–समारोहमा पार्टीका शीर्ष नेता, सांसद, पालिका प्रमुख तथा उपप्रमुखहरू पुगेको बताइएको छ। 

पार्टी स्कुल विभागले भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा प्रशिक्षण सञ्चालन गरिरहेको छ।

प्रकाशित मिति: : 2022-06-17 07:16:00

प्रतिकृया दिनुहोस्