सोमबार, १४ जुलाई २०२५

पुलबाट खसेर मृत्यु

बिएल संवाददाता

बिएल संवाददाता

बैतडी
2022-06-16 15:22:00
File photo
• • •

काठेपुलबाट सेती नदीमा खसेर यहाँ आज एक किशारीको मृत्यु भएको छ।

मृत्यु हुनेमा डोटीको आर्दश गाउँपालिका–६ गिरीचौकाकी १७ वर्षीया ढुल्लु अधिकारी रहेकी छन्। उनको  सिगास गाउँपालिका–७ साङडा आउने क्रममा सेती नदीको पुलबाट खसेर मृत्यु भएको हो।

अधिकारी रोपाइँका लागि सिगास–७ सङडा आउँदै गर्दा सेती नदीमा बनाइएको अस्थायी काठेपुलबाट लडेकी स्थानीय पदम खडायतले जानकारी दिए।

सो स्थानमा रहेको झोलुङगे पुल गत कात्तिकमा भएको अविरल वर्षासँगै आएको बाढीले पुल बगाएपछि अस्थायी काठेपुल बनाइएको थियो।

बाढीले बगाएको झोलुङ्गे पुल पुनःनिर्माण नहुँदा डोटी र बैतडीका सीमा क्षेत्रका नागरिक हाल अस्थायी  पुलबाटै आवतजावत गर्न बाध्य छन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?