हरेक दिन रेकर्ड तोड्दै अमेरिकी डलरको भाउ

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उचाइमा पुगेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको विनिमय दर १२५.१६ नेपाली रुपैयाँ पुगेको छ। यो दर सोमबार १२४.२४ रुपैयाँ थियो। एक महिनादेखि १२४ रुपैयाँमाथि रहेको डलरको भाउ मंगलबार पहिलो पटक १२५ रुपैयाँमा उक्लिएको हो। 

युरोपियन युरोमा भने सामान्य गिरावट आएको छ। युरो १३० रुपैयाँ ९५ पैसा रहेको छ। 

अष्ट्रेलियन डलरमा पनि सामान्य गिरावट आएको छ। अष्ट्रेलियन डलर ८७ रुपैयाँ २१ पैसा रहेको छ।

प्रकाशित मिति: : 2022-06-14 09:21:00

प्रतिकृया दिनुहोस्