खानेपानी योजनालाई आठ करोड बजेट

file photo
file photo

बागलुङका २९ खानेपानी योजनाका लागि रु आठ करोड विनियोजन गरिएको छ।

आर्थिक वर्ष २०७९-८० का लागि सङ्घ र प्रदेश सरकारबाट कार्यान्वयन हुनेगरी २९ योजना छनौटमा परेर बजेट विनियोजन भएको छ। योजनामा रु १० लाखदेखि रु एक करोडसम्म विनियोजन गरिएको छ।

छनोटमा परेकामा केही क्रमागत र केही नयाँ योजना छन्। बागलुङ  क्षेत्र नम्बर २ का सङ्घीय सांसद तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलका अनुसार सङ्घमार्फत कार्यान्वयनमा जाने तीन ठूला आयोजना र प्रदेशमार्फत कार्यान्वयन हुने साना खानेपानी आयोजनाका लागि रु आठ करोड ८५ लाख विनियोजन गरिएको छ।

सङ्घीय सरकारबाट कार्यान्वयनमा जाने जलजला बृहत खानेपानी आयोजना बडिगाड गाउँपालिकालाई रु एक करोड, जसपुर घामपानी मसरा खानेपानी आयोजना गलकोट नगरपालिकाको लागि रु एक करोड र गलकोट बृहत खानेपानी आयोजनाका लागि रु ५५ लाख ५० हजार विनियोजन भएको सङ्घीय सांसद देवेन्द्र पौडेलले जानकारी दि ए।

प्रदेशमार्फत कार्यान्वयन हुने बुर्तिबाङ खानेपानी आयोजनाका लागि रु २० लाख, ग्वालिचौर खानेपानी आयोजनाका लागि रु २० लाख, बडिगाड–७ गाँव छाप खानेपानी आयोजनाका लागि रु ३० लाख, बोंगादोभान १, २, ४ र ८ खानेपानी आयोजनाका लागि रु ३० लाख, चौराह लिफ्ट खोनपानी आयोजना दुदिलाभाटी गलकोटका लागि रु ३० लाख, खुंगा ६ र ७ खानेपानी आयोजनाका लागि रु १० लाख, खुंखानी कुनाखिर मुहान खानेपानी आयोजनाका लागि रु १० लाख विनियोजन भएको छ। कतिपय नयाँ भए पनि अधिकांश क्रमागतअन्तर्गतका आयोजनालाई निरन्तरता दिनका लागि बजेट विनियोजन गरिएको छ। 

दुदिलाभाटी खानेपानी आयोजनाका लागि रु ३० लाख, दुरामारे खानेपानी आयोजनाका लागि रु ३० लाख, बुर्तिबाङ २ र ३ पम्पिङ खानेपानी आयोजनाका लागि रु ३० लाख, अर्नाकोट २ र ३ खानेपानी आयोजनाका लागि रु १० लाख, भुल्केपानी खानेपानी आयोजनाका लागि रु ५० लाख,  रिघा पाण्डबखानी १ र २ खानेपानी आयोजनाका लागि रु ३० लाख, ओरलधारा खानेपानी बडिगाड–९ आयोजनाका लागि रु ३० लाख तथा पुलिङ्ग दांगाचौर खानेपानी बडिगाड–९ आयोजनाका लागि रु १० लाख विनियोजन गरिएको छ।

यस्तै झारखोला खानेपानी खुंगा १,२ र ३ आयोजनाका लागि रु १० लाख, अधिकारी चौर खानेपानी आयोजनालाई रु ३० लाख, हरिचौर खानेपानी आयोजनामा रु १० लाख, ओखरबोट खानेपानी आयोजनामा रु २५ लाख, बोबाङ खानेपानी आयोजनामा रु ५० लाख,  मल्म दोस्रो खानेपानी आयोजनामा रु ३० लाख, तमान खानेपानी आयोजनामा रु १० लाख, नौलिसे खानेपानी आयोजना ४ देखि ७ वडाका लागि रु १० लाख, बोहोरागाउँ खानेपानी आयोजनाका लागि रु २० लाख, हल्पुखोला खानेपानी आयोजनाका लागि रु  ३० लाख र बोबाङ–९ अधिकारीचौर खानेपानी आयोजनाका लागि रु ३५ लाख विनियोजन गरिएको छ।  
 

प्रकाशित मिति: : 2022-06-13 21:09:00

प्रतिकृया दिनुहोस्