थामिएन अमेरिकी डलरको भाउ

अमेरिकी डलरको भाउ लगातार उकालो लागिरहेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार आइतबार एक अमेरिकी डलरको विनियम दर (बिक्रीदर) १२४. ८४ नेपाली रुपैयाँ पुगेको छ। खरिद दर भने १२४.२४ रहेको छ। 

शनिबार पनि यही भाउ रहेकोमा आज स्थिर छ। शुक्रबार एक अमेरिकी डलरको बिक्री दर १२४.७३ र बिहीबार १२४.६८ रहेको थियो।

करिब तीन सातामा डलरको भाउमा सामान्य कमी भएकोमा पछिल्ला दिनमा लगातार बढिरहेको छ । 

रुस र युक्रेन युद्धको असरको कारण भारतीय मुद्रा कमजोर भइरहेको छ। भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ। नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेकाले पनि केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुँदै गएको छ।

आज एक युरोको बिक्रीदर १३२.१२ रहेको छ भने यूके पाउन्ड स्टर्लिंग १५५.२६ रहेको छ।

त्यस्तै, स्विस फ्रैंकको १२७.०५ अष्ट्रेलियन डलर ८८.९४, जापानी येन ९.३३, चिनियाँ युआन १८.६५, साउदी अरब रियाल ३३.१२ बिक्री दर रहेको छ।

प्रकाशित मिति: : 2022-06-12 09:12:00

प्रतिकृया दिनुहोस्