श्रीलङ्कालाई मल किन्न भारतले दियो पाँच करोड डलर

File photo
File photo

चरम आर्थिक सङ्कट सामना गरिरहेको श्रीलङ्कलाई भारत सरकारले युरिया मल खरिदका लागि पाँच करोड ५० लाख अमेरिकी डलर ऋण प्रदान गरेको छ। 

प्रधानमन्त्री रनिल विक्रमसिङ्घे, कृषिमन्त्री महिन्दा अमरावीर, श्रीलङ्काका लागि भारका उच्चायुक्त गोपाल वाग्ले र दुवै देशका उच्च अधिकारीहरूको उपस्थितिमा शुक्रबार ऋणसम्बन्धी समझदारीपत्रमा श्रीलङ्का सरकार र भारतीय एक्जिम ब्याङ्कबीच हस्ताक्षर भएको हो। 

धान रोपाइँको याममा मल खरिद सुनिश्चित गर्न समयमै आपूर्ति व्यवस्था मिलाउन दुवै पक्षले द्रुत गतिमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

हस्ताक्षर समारोहमा प्रधानमन्त्री विक्रमसिङ्घेले भारतको ‘छिमेक पहिले’ नीतिअनुसार प्राप्त ऋण सहयोगप्रति कृतज्ञता व्यक्त गरेका छन्। 
 

प्रकाशित मिति: : 2022-06-11 17:07:00

प्रतिकृया दिनुहोस्