एकाएक चौथो पटक मुस्ताङतिर उकालो लागिँदै थियो। कुनै अद्भुत आश्चर्यका दृश्य मिल्ने अपेक्षा थिएन। बाटो सुधारिँदो थियो।रुप्सेको झरना पार हुँदै घासाभन्दा माथि लागेपछि भने चौडा र फराकिलो सडकमा हुइँकिन पाउनुको फरकअनुभूति थियो। लेते पुग्नुअघि कालोपत्रे सडकको बिचमा उभिएर हिमाललाई पछाडि पार्दै दृश्यलाई 'फ्रिज' गराएपछि तातो केही पिउने रहर भयो। नजिकै राम्रो होटल देखिएपछि मोटरसाइकललाई त्यतैतिर अड्याएँ।त्यहीँ परिसमा थियो दुई मर्सिडिज। एउटा त सेडान नै! केही डट बाइकहरु पनि थिए पार्किङ लटमा–उपल्लो मुस्ताङको यात्राका लागि तयारी अवस्थामा।
यहाँ फ्रेस दूध मिल्ने रहेछ। त्यही अर्डर भयो। भरी दूधका ग्लास लिएर दुवोले भरिएको चौरमा चहारिँदै गर्दा पर कोही परिचित झै लाग्यो।
ए हो त! पारस शाह।
मर्सिडिज त्यसमा पनि सेडान नैलिएर मुस्ताङतिर उकालो लाग्ने हिम्मत अरु कसको हुन्थ्यो?
साथी लक्ष्मीलाई भनेँ –ऊ पारस रहेछन् त्यहाँ।
'वाउ गज्जबले भेटियो त!' उसको प्रतिक्रिया।
लक्ष्मी पहिलो पटक मुस्ताङ यात्रामा थियो। मोटरसाइकलमा यात्रा गर्नुको थोरै भय,धेरै रोमाञ्चकताअनि बोस्टनसँगको प्रेम र बन्धन लक्ष्मीसँगै यात्रा गरिरहेको थिए। ठीक त्यही मनोदशाका बिच पारसलाई देखिएपछि केही 'एक्साइटेड' सुनिए।