सामान्य प्रशासनमन्त्री श्रेष्ठमाथि पार्टीकै नेताले गरे कार्यकक्षमै हातपात

File Photo
File Photo

स्थानीय विकास तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठमाथि कार्यकक्षमै हातपात भएको छ।

बिहीबार सिंहदरबारस्थित मन्त्री कक्षमै पुगेर जनता समाजवादी पार्टीका नेता रामबाबु यादवले श्रेष्ठमाथि हातपात गरेकाे मन्त्रालय स्राेतले बताएकाे छ।

जसपाका मधेश प्रदेश अध्यक्षसमेत रहेका यादवले आफ्नो क्षेत्रमा बजेट नपारिदिएको भन्दै जसपाका मन्त्री रहेका श्रेष्ठमाथि कार्यकक्षमै हातपात गरेका हुन्।

नेता यादवले भने आफूले मन्त्रीमाथि हात नगरेको दाबी गर्दै आफ्ना कुरा नसुनेपछि टेबल ठोकेको बताए। 'मेरा कुरा नसुनेपछि टेबल ठोकेको हुँ, मसँगै भएको पानीको बोतल पनि फालेँ। उहाँ पनि के-के भनिरहनु भएको थियो', उनले भने।

प्रकाशित मिति: : 2022-06-09 18:18:00

प्रतिकृया दिनुहोस्