सुनको मूल्य ५०० रुपैयाँले बढयो

File photo
File photo

सुनको मूल्य बिहीबार तोलामा ५०० रुपैयाँले वृद्धि भएको छ।

बुधबार प्रतितोला ९७ हजार ५०० रुपैयाँ रहेको सुनको मूल्य बिहीबार बढेर प्रतितोला ९८ हजार रुपैयाँमा नेपाली बजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी संघले जनाएको छ। 

तेजाबी सुनको मूल्य तोलामा ५०० रुपैयाँले वृद्धि भई ९७ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको छ।

त्यस्तै चाँदीको मूल्य स्थिर छ। बुधबार प्रतितोला एक हजार २८० रुपैयाँ रहेको चाँदी बिहीबार पनि सोही मूल्यमा नेपाली बजारमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: : 2022-06-09 11:07:00

प्रतिकृया दिनुहोस्