पाकिस्तानमा बस दुर्घटनामा २२ यात्रुको मृत्यु

बिएल संवाददाता

इस्लामाबाद
File photo
File photo

पाकिस्तानमा एउटा बस दुर्घटना हुँदा कम्तीमा २२ यात्रुको मृत्यु भएको छ।

दक्षिणपश्चिम पाकिस्तानको दुर्गम स्थानमा सडकबाट खाल्डोमा खस्दा  महिला र बालबालिकासहित २२ यात्रुको मृत्यु भएको हो। 

बलुचिस्तान प्रान्तको किल्ला सैफुल्लाह जिल्लामा सो दुर्घटना भएको हो। सहायक जिल्ला प्रशासक मोहमद क्वासिमका अनुसार दुर्घटनामा सबै जनाको मृत्यु भएको छ। तीब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ। 

दुर्घटनाको समयमा मौसम खराब रहेको प्राप्त विवरणहरूमा जनाइएको छ। प्रत्यक्षदर्शीहरूका अनुसार तीब्र गतिका कारण बस अनियन्त्रित भएर पहाडको खोंचमा खसेको थियो। 

दुर्घटनाप्रति पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीले दुःख व्यक्त गरेका छन्। पुराना सडक, कमजोर संरचनालगायतका कारण पाकिस्तानमा बारम्बार सडक दुर्घटना हुने गरेका छन्। 
 

प्रकाशित मिति: : 2022-06-09 10:30:00

प्रतिकृया दिनुहोस्