प्रतिस्णा रेग्मी
केही दिनअघि काठमाडाैँ महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन)ले राजधानीको फोहोरबाट आक्रान्त बनेका सिसडोलबासीलाई आश्वासन दिए, फोहोरको दुर्गन्ध तत्काल हटाइदिन्छु भनेर।
करिब १७ वर्षदेखि जम्मा गर्दै आएको काठमाडाैँको फोहोरकाे दुर्गन्ध केही दिनमै हटाउन सम्भव छ ? धेरैले यो हुन नसक्ने भन्दै आशंका व्यक्त गरे। कतिपय यस्तो पनि हुन्छ होला र भनेर अचम्मित बने। तर, मेयर बालेन्द्रले भनेकाे यो कुरा भने नयाँ होइन, महानगरले सन् २०१३ मै याे काम गरेको थियो। त्यतिबेला महानगरले २ वर्षसम्म मात्रै यो कामलाई निरन्तरता दिएको थियो। त्यतिबेला यसकाे प्रभावकारिता निक्कै राम्रो भएको स्थानीय बासिन्दा बताउँछन्।
यसअघि नै परीक्षण गरिएकाे साेही प्रक्रियलाई महानगरले पुन:निरन्तरता दिन लागेकाे हाे। जसकाे लागि प्रक्रिया सुरू गरिसकिएकाे छ, मंगलबार प्रक्षेपणकाे लागि विज्ञकाे टाेली सिसडाेल पुगेकाे थियाे।
कसरी हटाइन्छ, फाेहाेरकाे दुर्गन्ध ?
मंगलबार साेही प्रक्रियाकाे प्रक्षेपणकाे लागि सिसडाेल पुगेकाे नेप्लीज फार्मिङ इन्च्युट्युटकाअनुसार जिवातु नामक एक तत्वकाे प्रयाेग गरेर फाेहाेरकाे दुर्गन्ध हटाउन सकिन्छ।
के हाे जिवातु ? कसरी गरिन्छ प्रयाेग ?
जिवातु फाेहाेरबाट पैदा हुने दुर्गन्ध हटाउन प्रयाेग गरिने एक तत्व हाे। याे एउटा पूर्ण अर्गानिक प्रोडक्ट हो, यसमा कुनै बेफाइदा गर्ने वस्तुहरू मिसाएको हुँदैन। यसमा लाभदायक जिवाणुहरू भएको कारणले वातावरणलाई पनि बेफाइदा नपुर्याउने नेप्लीज फार्मिङकी प्रमुख व्यवस्थापक अमृता पाैडेल बताउँछिन्।
जिवातुले माटोभित्र रहेको जैविक तत्वहरूलाई नष्ट पार्न मद्दत गर्नुका साथै फोहोरको दुर्गन्धलाई हटाउन पनि मद्दत गर्छ।
पाैडेल भन्छिन्,‘सिसडाेलमा याे कामकाे लागि २०१५ सम्म हामीलाई महानगरको सहयोग थियो। र, त्यसपछि हाम्रो टेक्नोलोजीकमा केही पनि समस्या आएको छैन तर महानगरबाट सहयाेग हुन छाेडेपछि हामीले याे काम राेकेका थियाैँ। अब पनि यसलाई प्रयाेग गरियाे भने धेरै फाइदा हुन्छ।’
याे प्रक्रिया सफल बनाउनकाे लागि काठमाडौँ बासीहरूले पनि ध्यान दिनुपर्ने उनकाे भनाइ छ। त्यसका लागि महानगरबासीले कुहिने र नकुहिने फाेहाेरलाई छुट्याएर राख्नुपर्ने हुन्छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया