सम्बन्धविच्छेद र बालमनोविज्ञानमा पर्ने असर

अनलाइनखबर

शकुन्तला कार्की

पति-पत्नीबीचको नाता सम्बन्धविच्छेदको सवालमा हिजोभन्दा आज सोचमा धेरै परिवर्तन आएको छ। तथापि यो परिवर्तन ठाउँअनुसार फरक छ। आर्थिक पछौटेपन, शैक्षिक स्तर एवं सामाजिक मूल्यमान्यताको आधारमा यो अभ्यास ग्रामीण परिवेशमा यथास्थितिमै हुन सक्छ।

घरेलु हिंसा, शारीरिक वा मानसिक हिंसा वा अन्य गम्भीर प्रकृतिका हिंसा सहेर वा ज्यानै जोखिममा राखेर भए पनि सम्बन्ध जोगाइरहेका धेरै जोडी छन्।

यद्यपि, पति–पत्नीको नाता–सम्बन्ध एक जुनीलाई नभई सात जुनीसम्मका लागि हो भन्ने अन्धविश्वास कमजोर बन्दै गएको छ। जस्तोसुकै परिस्थितिमा पनि महिलाले सहेर बस्नुपर्छ भन्ने हिजोको पितृसत्तात्मक सोचमा परिवर्तन देखिन थालेको छ। सम्बन्धविच्छेद सम्बन्धी मुद्दा संख्या बढ्न थालेको छ। 

प्रकाशित मिति: : 2022-06-08 15:59:00

प्रतिकृया दिनुहोस्