के ‘मिस नेपाल’ बन्द गर्न सम्भव छ ?

कमल प्रभात

काठमाडौं
Breaknlinks
Breaknlinks

‘ब्युटी प्याजेन्ट’ अर्थात् सुन्दरी प्रतियोगिता ठिक कि बेठिक ? हाल सबैतिर बहस चलिरहेको विषय हो, यो।

केही हप्ताअघि एक युवतीले सौन्दर्य प्रतियोगिताका नाममा आफूमाथि याैन शोषण भएको कहालिलाग्दो घटना सार्वजनिक गरिन्। ८ वर्षअघि भएको त्यो घटनाबारे एक मिस नेपालले नै ‘सौन्दर्य प्रतियोगित/ग्ल्यामर क्षेत्रमा यस्ता कुरा सामान्य हुन्’ भन्ने जवाफ दिएको प्रशंगपछि सौन्दर्य प्रतियोगिताकाे नाममा कतै समाज नकारात्मक बाटोतर्फ गइरहेको त छैन ? सबैको मनमा प्रश्न उठ्याे। साैन्दर्य प्रतियाेगितामाथि आशंका उब्जिएका छन्। त्यसपछि माथिकाे प्रश्नमा रहेर चारैतिर बहस सुरु भयो। हाल यो विषयको बहस उत्कर्षमा छ।

यही विषयले उचाइ लिइरहेका बेला आइतबार वैज्ञानिक समाजवादी पार्टी, नेपाल निटक वैज्ञानिक समाजवादी महिला, नेपाल र समाजवादी बौद्धिक शिविर, नेपालले ‘सौन्दर्य प्रतियोगित : सशत्तिकरण कि वस्तुकरण ?’ भन्ने प्रश्न उठाएर अन्तरक्रिया गर्‍याे।

अन्तरक्रियामा वक्ताका रुपमामा थिए, जनस्वास्थ्य विद् अरुणा उप्रेती, समाजशास्त्री मिना पौडेल, चलचित्र निर्देशक मनोज पण्डित र अभिनेत्री लक्ष्मी बर्देवा।

वक्तालाई प्रश्न छोड्नुअघि आयोजकले सुनायो,‘सौन्दर्य प्रतियोगिता वस्तुकरण हो, यसलाई रोक्नेपर्छ।’ बहस सुरू हुनुअघि नै निष्कर्ष सुनाएकाे कुरामा आपत्ति जनाउँदै मनोज पण्डितले ‘साैन्दर्य प्रतियाेगितालाई वस्तुकरण भन्नु नै समस्या हो। हामी सबै वस्तु हौँ’ भनेर सौन्दर्य प्रतियोगिताप्रति आफ्नो धारण सुनाउन सुरू गरे।

संसारभर हरेक कुरामा प्रतियोगिता हुने भएकोले प्रतियोगिताविहीन संसारको परिकल्पना गर्न नसकिने उनको भनाइ थियो। उनले सौन्दर्य प्रतियोगिता सही भएको तर प्रतियोगिता गर्ने मानिसको नियत गलत भएको उनको दाबी गरे। ‘सौन्दर्य सबै मानिसले खोजेको छ। प्रतियोगिताविहीन संसार कहाँ छ ? सौन्दर्य प्रतियोगित राम्रो हो,’ उनले भने,‘प्रतियोगिता नराम्रो होइन, प्रतियोगिता गर्ने मानिस गलत हुन्।’

यसअघि अभिनेत्री लक्ष्मी बर्देवाले भने सौन्दर्य प्रतियोगिताप्रति नकारात्मक धारणा रहेको बताएकी थिइन्।

‘मेराे हाइट कम थियाे त्यसैले मिस नेपालमा जान म फिट छैन भन्ने भएर म त्यसप्रति चासाे राखिनँ,’ लक्ष्मीले सुनाइन्,‘तर, म मिस नेपालमा सहभागी हुन सक्दिनँ वा पाउँदिनँ भन्ने कुराले नै नकारात्मक प्रभाव पर्‍याे।’

अन्तरक्रियाकाे  सहजीकरण गरिरहेकी मिरा पाेख्रेलले डा. अरूणाप्रति प्रश्न ठड्याइन्, ‘के साैन्दर्य प्रतियाेगिता गलत हाे ?’

अरूणाले साैन्दर्य प्रतियाेगिता गलत नभएकाे भन्दै आफ्नाे अनुभूति सुनाइन,‘म सानाे हुँदा धेरैले याे केटी नराम्री छे, भनेर गिज्याउने गर्थे। त्यही कारण मैले मिस....मा सहभागी हुन नपाए पनि कुनै कुरामा विशेष भएर देखाउँछु भनेर मिहेनत गरेर पढेँ, डाक्टर भएँ।’

प्रतियाेगिता राम्राे भए पनि त्यहाँ प्रयाेग हुने साधन नराम्राे भएकाे र ती साधानमा प्रतियाेगितमा नाममा व्यापारीकरण गरिएकाे तर्क गरिन्। ‘ती प्रतियाेगितामा प्रयाेग भएका साधनले मानिसकाे जीवनमा धेरै असर पुगेकाे छ। याे गम्भीर कुरा हाे,’ उनले भनिन्, ‘सुरूमा त साैन्दर्य प्रतियाेगिता विज्ञापन गर्नकाे लागि सुरू गरिएकाे हाे। यही साैन्दर्य प्रतियाेगिताका नाममा व्यापारिकरण गरिएकाे छ। स्वास्थ्यमा असर पुर्‍याउने सामान पनि लाेभ्याएर व्यापारिकरण भएका छन्।’

प्रतियाेगिता गलत नभएकाे बरू त्यसका मापदण्ड गलत भएकाे उनकाे धारणा थियाे। ‘प्रतियाेगिता हुनुपर्छ तर प्रतियाेगिताका तरिका र मापदण्ड सही हुनुपर्छ। जस्तै कर्णालीका महिलालाई लिएर खन्ने प्रतियाेगिता गर्न पनि त सकिन्छ,’ उनले भने।

डा.अरूणाकाे कुरामा सहमती जनाउँदै डा.मिना पाैडेले पनि साैन्दर्य प्रतियाेगितामा सहभागी हुनु/नहुनु व्यक्तिगत अधिकार भएकाे बताउँदै प्रतियाेगिता हुन राम्राे हाे भन्ने तर्क गरिन्। तर, प्रतियाेगिताका नाममा समाजमा लगत प्रभाव पार्न नहुने उनले बताइन्।

‘साैन्दर्य प्रतियाेगिता महिलाकाे शरिरकाे विज्ञापन गर्ने कुरा हाे, यसले व्यापार बढाउँछ,’ उनले भनिन्, ‘तर, आर्थिक रूपमा फाइदा हुँदै गर्दा सामाजिक रूपमा कस्ताे प्रभाव पर्छ त्यसमा सचेत हुनुपर्छ।’ साैन्दर्य प्रतियाेगिताबारे उनले स्पष्ट धारणा राख्न सकिनन्। उनले साैन्दर्य प्रतियाेगिताले एकातिर आर्थिक सवलिकरण गरेकाे बताइन भने अर्काेतिर समाजमा छिद्रता ल्याउने काम गरेकाे कुरा उठाइन्।

‘साैन्दर्य प्रतियाेगितले अर्थरणनीतिकाे रूपमा प्रवेश पाएकाे हाे। तर, सामाजिक र सांस्कृतिक रूपमा यसले धेरै प्रभाव पारेकाे छ। यस्ता प्रतियाेगिताकासँग जाेडिएका नकारात्मक कुरालाई कानूनी दायरामा ल्याउनुपर्छ, नियन्त्रित रूपमा सही मापदण्डमा गर्दा राम्रै हुन्छ,’ उनले भनिन्।

साैन्दर्य प्रतियाेगिता : अन्त्य गर्ने कि व्यवस्थित ?

नेपालमा सन् १९९४ मा साैन्दर्य प्रतियाेगिताकाे सुरूवाती हुँदादेखि नै यसविरूद्ध आवाज उठ्दै आएका थिए। तथापि, याे चलिरह्याे बरू यसकाे विराेधमा उत्रिएकाहरू नै यसलाई सहयाेग गर्ने अवस्थमा पुगेका छन्। नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रियस्तमा पनि यस विषयमा बेला–बेलामा बहस हुने गर्छन् तर सााैन्दर्य प्रतियाेगिताकाे प्रतिवन्ध कुनै पनि देशले लगाएका छैनन्।

साेही बसहमा पनि तत्काल प्रतियाेगित बन्द गरिहाल्नुपर्ने अवस्था नरहेकाे चारमध्ये तीन वक्ताकाे धारणा थियाे। अभिनेत्री लक्ष्मी बर्देवाले साैन्दर्य प्रतियाेगिता ठिक नभएकाे बताउँदै गर्दा अन्यले बन्द गर्नुपर्छ भनेर स्पष्ट तर्क गरेनन्।

डा. मिनाले साैन्दर्य प्रतियाेगिता पुँजीवादी व्यवस्थाबाट जन्मिएकाेले यसकाे अन्त्यका लागि व्यवस्था नै फेरिनु पर्ने बताइन्।

‘साैन्दर्य प्रतियाेगिता पुँजीवादी व्यवस्थासँग जाेडिएर आएकाे छ, यसकाे अन्त्यका लागि व्यवस्था नै फेरिनुपर्छ,’ उनले भनिन्,‘ त्यसैले तत्काल याे बन्द गर्न सकिने वा हुने कुरा हाेइन बरू यसलाई बाैद्धिक प्रतिस्पर्धाकाे रूपमा अगाडि बढाउनु पर्छ।’ समस्या समाज र राजनीतिक नेतृत्वमा भएकाे उनकाे भनाइ थियाे।

त्यस्तै, मनाेज पण्डितले पनि प्रतियाेगिता बन्द गरिहाल्न नपर्ने बरू यसका मापदण्ड सच्यानुपर्ने धारणा राखे। सामाजिक कुरूपता कम हुने गरी साैन्दर्य प्रतियाेगिता गर्नुपर्नेमा उनले जाेड दिए।

डा.अरूणाले पनि प्रतियाेगितका बन्द नै गरिनुभन्दा यसकाे असरलाई कम गरेर वास्तविक प्रतिस्पर्धा हुनुपर्नेमा जाेड दिइन्। ‘प्रतियाेगिताले समाजमा नराम्राे कुराकाे छाप बस्नु हुन्न। करिना कपुरकाे जिराे फिगर देखेर त्यस्तै बनाउनुतिर लाग्नु हुन् यसले हाम्राे किशाेरीमा नराम्राे असर गरेकाे छ। त्यसैले प्रतियाेगिताका मापदण्डमा सुधार गर्नुपर्छ,’ उनले भनिन्।

सहभागीहरूले भने साैन्दर्य प्रतियाेगिताले महिलालाई सशक्तीकरण नभएर वस्तुकरण गरेकाे तर्क गरेका थिए। केही अवसर पाएका र माैका मिलेका मानिसले बाहेक यसले अन्यालाई समेट्न नसकेकाे उनीहरूले बताएका थिए।

पुँजीवाद र महिला

तस्बिरहरू: महावीर विश्वकर्मा

प्रकाशित मिति: : 2022-06-06 18:31:00

प्रतिकृया दिनुहोस्