जर्मनीमा रेल दुर्घटनमा चार जनाको मृत्यु

जर्मनीको दक्षिणपूर्वी राज्य बाभेरियामा रेल दुर्घटना हुँदा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएको प्रहरीले जनाएको छ।

धेरै विद्यार्थी बोकेको ट्रेन म्युनिखतर्फ गइरहेको बेला गार्मिस–पार्टेनकिर्चेन नजिकै तीनवटा डिब्बा पटरीबाट खसेका थिए।दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

चान्सलर ओलाफ स्कोल्जले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति सहानुभूति जनाएका छन्। दुर्घटना स्थानीय समयअनुसार शुक्रबार भएको थियो।
 

प्रकाशित मिति: : 2022-06-04 11:41:00

प्रतिकृया दिनुहोस्