थाइल्याण्ड बसेर मलेसिया ताक्ने सयौं बर्मेली तस्कर पक्राउ

Photo: Assawin Pakkawan
Photo: Assawin Pakkawan

दक्षिणी सोङखला प्रान्तको हट याई जिल्लामा लुकिछिपी बसेका कयौं म्यान्माली आप्रवासीहरूलाई थाइल्याण्ड प्रहरीले पक्राउ गरेको छ।

ताम्बोन–बान गाउँमा छापा मार्दा डेढ सयभन्दा बढी म्यान्मारका अवैध युवाहरू फेला परेको अधिकारीहरूले जनाएका छन्।

उनीहरू म्यान्मार सैन्य ‘कू’पछि सीमापार गरेर थाइल्याण्ड छिरेको एक स्थानीयवासीले बताएका छन्।

अवैध रूपमा बसिरहेका म्यान्मालीहरू दुईवटा घरका १२ वटा कोठा भाडामा लिएर बस्थे। बर्मेली बेरोजगार सिविरछेउमा प्रहरीले छापा मार्दा भेटिएका ती युवाहरू मलेसियाका विभिन्न सहरमा पुगेर तस्करी गर्न पर्खिरहेको अधिकारीहरूको दावी छ।

म्यान्मारबाट भागेर थाइल्याण्ड आएका युवाहरू मलेसियामा तस्करीका तम्सिएको ताम्बोन–बनका प्रहरी प्रमुख विनई टोन्यालेले जनाएका छन्।

लुकिछिपी बसेका म्यान्माली युवाको समूहले आफ्नो पोल खुल्न थालेपछि एक स्थानीय व्यक्तिको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

अवैध आप्रवासीले ४० वर्षीया मडोल बिन्सनको हत्या गरी गल्फ कोर्स नजिकैको जङ्गलमा गाडेको प्रहरी अधिकारीले बताएका छन्।

उनी अन्तिमपटक मंगलबार दिउँसो माछा मार्न घरबाट निस्किएको निगरानी क्यामेराको फुटेजमा देखिएको छ।

बुधबार बिन्सनको शव फेला परेपछि प्रहरीले गाउँमा छापा मार्दा कैयौं म्यान्माली अवैध आप्रवासीलाई पक्राउ गरेको हो।

प्रकाशित मिति: : 2022-06-03 14:48:00

प्रतिकृया दिनुहोस्