प्राविधिक तथा व्यवसायीक शिक्षा तालिमका लागि ८ अर्ब ३० करोड बजेट विनियोजन

अर्थमन्त्री जनार्दन शर्माले प्राविधिक तथा व्यवसायीक शिक्षा तालिमका लागि ८ अर्ब ३० करोड बजेट विनियोजन गरेको बताएका छन्। 

संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै मन्त्री शर्माले प्राविधिक तथा व्यवसायी शिक्षा तालिम परिषद्को पुनर्संरचना गरिने बताए। 

पुनर्संरचना गर्दै छुट्टा छुट्टै तालिम गुणस्तर नियामक निकाय र सीपमूलक तामिल कार्यक्रम कार्यान्वयन निकायको रूपमा विकास गरिने अर्थमन्त्री शर्माले बताए। 

प्राविधिक तथा व्यवसायी शिक्षाको विस्तार, समृद्धिको आधार भन्ने सोचका साथ हाल सञ्चालनमा रहेका प्राविधिक विद्यालयको नक्साङ्कन तथा समायोजन गरी पहुँच विस्तार गरिने मन्त्री शर्माले बताए । प्राविधिक शिक्षालाई क्रमशः प्रदेशमा हस्तान्तरण गरिने उनले बताए।

प्रकाशित मिति: : 2022-05-29 17:27:00

प्रतिकृया दिनुहोस्