सुत्केरी महिलालाई पाँच हजार पोषण भत्ता दिइने 

Symbolic photo
Symbolic photo

सरकारले २५ जिल्लाका सुत्केरी महिलालाई एकमुष्ठ पाँच हजार रुपैयाँ पोषणभत्ता दिने जानकारी दिएको छ।

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले मानव सुचकांकमुनि रहेका विभिन्न २५ जिल्लाका सुत्केरी महिलालाई एकमुष्ठ पाँच हजार रुपैयाँ पोषणभत्ता उपलब्ध गराउने जानकारी दिएका हुन्।

प्रकाशित मिति: : 2022-05-29 17:12:00

प्रतिकृया दिनुहोस्