युक्रेनविरुद्धको युद्धमा आणविक हतियार प्रयोग हुन्नः बेलायतका लागि रुसी राजदूत

[Oliver Bunic/AFP]

बेलायतका लागि रुसी राजदूतले आफ्नो देशले युक्रेन विरुद्धको युद्धमा रणनीतिक आणविक हतियार प्रयोग गर्नेमा विश्वास नगर्ने बताएका छन्। राजदूत आन्द्रेई केलिनले रुसी सैन्य नियमअनुसार यस्ता हतियारहरु द्वन्द्वमा प्रयोग नहुने बताए।

राज्यको अस्तित्व खतरामा आए मात्र त्यस्ता हतियार प्रयोग गर्न सकिने उलने बताए। ‘आणविक हतियारको हालको कारबाहीसँग कुनै सरोकार छैन’, उनले आइतबार बिहान भने।

भ्लादिमिर पुटिनले आक्रमण लगत्तै फेब्रुवरीको अन्तमा आफ्ना आणविक सेनाहरूलाई उच्च सतर्कतामा रहन आदेश दिएका थिए। पुटिनले यसको दोष नेटो र पश्चिमा देशहरुको आक्रमक व्यवहारलाई दिएका थिए। तर, पुटिनको अभिव्यक्तिलाई बेलायतका रक्षामन्त्री बेन वालेसले  युक्रेनमा भइरहेको गलत क्रियाकलापबाट मानिसहरुलाई अन्यत्र ध्यान मोड्ने प्रयास बताएका थिए। यसैबीच रुसी सेनाले पूर्वी युक्रेनमा आफ्नो हमला केन्द्रित गरेको छ। 

प्रकाशित मिति: : 2022-05-29 04:42:00

प्रतिकृया दिनुहोस्