चीनले ताइवान वरपर सैन्य अभ्यास गर्ने

File photo AP
File photo AP

चीनले ताइवाननजिकै सैन्य अभ्यास गर्ने भएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनको चेतावनीका बाबजुद चीनले सैन्य अभ्यास गर्न लागेको हो।

केही दिनअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले बेइजिङले बल प्रयोग गरेर टापुसँग पुनः एकीकरण गर्ने प्रयास गरे वासिंगटनले सैन्य हस्तक्षेप गर्ने चेतावनी दिएका थिए।

दशकौंदेखि छुट्टै शासन व्यवस्था गरेपछि पनि चीनले  ताइवानलाई आफ्नो प्रान्तको रूपमा हेरिरहेको छ। चिनियाँ राष्ट्रपति सी जिनपिङले आवश्यक परे टापु कब्जा गर्ने धम्की समेत दिएका छन।

यसअघि पनि जनमुक्ति सेनाले ताइवान क्षेत्रमा गस्ती र प्रशिक्षण अभ्यास गरेको थियो, जसलाई चीनले ताइवान र अमेरिकी साँठगाँठविरुद्ध भएको चीनले बताएको छ।

‘ताइवान टापुको वरिपरि जनमुक्ति सेना  (पीएलए) द्वारा हालैको गस्ती र प्रशिक्षण अभ्यास ताइवान र संयुक्त राज्य अमेरिका बीचको साँठगाँठविरुद्ध लक्षित आवश्यक कारबाही थियो’, चिनियाँ रक्षा प्रवक्ताले भने।

प्रकाशित मिति: : 2022-05-26 08:21:00

प्रतिकृया दिनुहोस्