भारतमा कसरी पुग्यो अस्ट्रेलियामा मात्रै पाइने कङ्गारू

पूर्वी भारतमा जङ्गलनजिकै रहेको एउटा गाउँमा बाटोमा हिँडिरहेका गाउँलेले कमजोर र भोकाजस्ता देखिने तीनवटा जनावर देख्दा उनीहरू एकछिन छक्क परे।

बिबिसी

काठमाडौं
Bengal Safari park
Bengal Safari park

उनीहरूले ती जीवलाई पहिला त्यहाँ कहिल्यै देखेका थिएनन्। उनीहरूले पश्चिम बङ्गालका वन अधिकारीलाई सूचित गरे जसले ती जीव कङ्गारू भएको बताए।

अस्ट्रेलियाको रैथाने कङ्गारू भारतमा पाइँदैन।

ती कङ्गारूलाई उद्धार गरेर वन्यजन्तु निकुञ्जमा उपचारका लागि पठाइयो। तीमध्ये एउटा मर्‍यो।

गाउँलेहरू अझै अचम्भीत थिए। चाँडै ती जनावरका भिडिओहरू सामाजिक सञ्जालमा भाइरल भए।

"पश्चिम बङ्गालमा कहाँबाट कङ्गारू आयो," एक ट्विटर प्रयोगकर्ताले लेखे।

पश्चिम बङ्गालका प्रमुख वन्यजन्तु अधिकृत देबल रेले बीबीसीलाई ती जनावरहरू तस्करहरूले खुला छोडिदिएको हुनसक्ने बताए।

केही दुर्लभ जनावरहरू तस्करी भइरहेको गोप्य सूचना पाएपछि रेको टोलीले मुख्य सडकमा आइरहेका सबै सवारीसाधन चेकजाँच गरेका थिए।

"सायद तस्करहरूले चेकजाँचको कुरा थाहा पाएर ती जनावरलाई राजमार्गमै छोडिदिए," रेले भने।

प्रकाशित मिति: : 2022-05-25 15:15:00

प्रतिकृया दिनुहोस्