आगामी वर्ष ९० किलोमिटर नदी तटबन्ध गरिने 

सरकारले आगामी वर्ष ९० किलोमिटर नदी तटबन्ध गरिने भएको छ।

संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्ष ९० किलोमिटर नदी तटबन्ध गरिने जानकारी दिएकी हुन्।

जसबाट ६०० जमिन जोगिने सरकारको लक्ष्य छ। भूमि वर्गीकरण गरी स्थानीय, प्रदेश र संघसहित तीन तहको भूउपयोग योजना तयारी गरिने उनले जानकारी दिइन्।

प्रकाशित मिति: : 2022-05-24 17:01:00

प्रतिकृया दिनुहोस्