आजको नेपाल र वैदिक कालको राजनीतिक प्रणालीबीच कस्ता समानता या असमानता रहेछन् भनेर संक्षिप्त विहंगावलोकन गर्दा त्यहाँ प्रयुक्त ‘प्रसन्न’ र ‘सानन्द’ शब्दले निकै आकर्षित गरे ।
ती शब्दलाई केलाउँदै जाँदा प्रश्न उठ्यो कि के राज्यव्यवस्थाले आफ्ना नागरिकलाई वास्तविक रूपमा ‘प्रसन्न’ र ‘सानन्द’ बनाउन सक्छ ? यो प्रश्नको जवाफ पाउन तत्कालीन राजनीतिक पद्धति’bout जानकारी लिनु आवश्यक महसुस भयो ।
वैदिक युगमा आफूले चुनेको राष्ट्राध्यक्षमा अनुपम रूपको सदाचार र जिम्मेवारीबोधको अपेक्षा गरिन्थ्यो । ऋग्वेदको दशम मण्डलमा भनिएको छ, ‘आत्वा हर्षिमंतरेधि ध्रुव स्तिष्ठा विचाचलिः विशरत्वा सर्वा वांछतु मात्वधं राष्ट्रमदि भ्रशत’ अर्थात्, ‘हे राष्ट्रका शासक, मैले तिमीलाई खुसीसाथ निर्वाचित गरेको छु ।
सभामा आऊ, शान्तिसँग बस, चञ्चल नबन, हडबड नगर । कहिल्यै पनि राष्ट्रलाई अपवित्र बनाउने काम नगर्नू ।’