हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामा र उपमेयर राजेश बानियाँले पदभार ग्रहण गरेका छन्।
सोमबार बिहान मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीराम श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गराएपछि पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहणपछि मेयर लामाले हेटौंडाका १ हजार ५ सय ४१ अतिविपन्न घर परिवारलाई नि:शुल्क स्वास्थ्य बीमा गरिदिने निर्णय गरेकी छिन। त्यसैगरी मासिक १५ हजार लिटर पानी, २५ युनिट बिजुली नि:शुल्क उपलब्ध गराउने निर्णय गरेको गरिएको छ।
आर्थिक अवस्थाका कारणले शिक्षा हासिल गर्नबाट बञ्चित भएका विद्यार्थीलाई मेयर छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने, सडक विस्तार गर्ने क्रममा सडकमै रहेका विद्युत्का पोलहरू सार्ने निर्णय पनि गरिएको छ।