डम्बरकृष्ण श्रेष्ठ
धराने जनताले यसपटक राजनैतिक स्वार्थ नहेरी पार्टीको चस्मा खोलेर धरान र धराने जनताका लागि केही गर्छु भनेर लागिपरेका स्वतन्त्र उम्मेदवार हर्क राई ‘साम्पाङ’लाई मेयरमा जिताउँदा मलाई भने आश्चर्य लागेन। जित्ने सम्भावना भएका मनोज मेयाङ्बोले टिकट नपाउनु र काँग्रेससहितको गठबन्धन र एमालेले गतिलो उम्मेदवार नदिनुले ‘भुईमान्छे’ साम्पाङको उदय निश्चित नै थियो।
अहिलेको दूषित राजनीतिक चलखेलको बिचमा धराने जनताले चुनावमा पार्टी नहेरी व्याक्ति हेरेर भोट हालेका छन। उपमेयर/कार्यवाहक मेयर रहिसकेकी मञ्जु भण्डारी र बुढासुब्बा गोल्डकप, एन्फा एकेडेमी लगायतका निकायका हर्ताकर्ता रहिसकेका किशोर राईलाई जनताले रूचाएनन्। उनीहरूको विवादास्पद काम र छवि देखे/जानेका जनताले सूर्य र रुखकै भरमा तिनलाई नै आँखा चिम्लेर मत दिएनन्।
जनताले यी दुई उम्मेदवार छाडेर तेस्रो मान्छे रोजेमा अचम्म नमाने हुन्छ भनेर मैले धेरैलाई भनेको पनि थिएँ। ती तेस्रो उम्मेदवार ‘लौरो’ लिएर उठेका साम्पाङबाहेक अरू थिएनन्। टोल–टोलमा मत माग्न जाँदा स्वागत समेत नगरेका तिनै जनताले चुपचाप उनको कुरा सुने र अरूको तुलनामा उनैलाई रोजे र धरानको सडकमा आन्दोलन गरिहिँड्ने ‘भुईमान्छे’लाई मेयर नै बनाइदिए। हिजो जनताको समस्याको समाधानका लागि हारगुहार गर्दा जोबाट हेपिएका, पिटिएका र प्रहरी समेत लगाएर पक्राउ गरिएका हर्क आज तिनैलाई हराएर विजयी बनेका छन्।
विगत १० वर्षदेखि एक्लै र सानो समूह लिएर जनताका समस्या समाधानका लागि लडिरहेका र जनताका घरदैलोमा पुगिरहेका हर्क साम्पाङलाई चुपचाप मत दिएर धराने जनताले दलहरूलाई दरो दनक दिएका छन। चुनावका समय र त्यसअघिका उनको विचार र ब्यावहार हेर्दा केही गर्लान् कि जस्तो देखिन्छ।
सबै क्षेत्रका विज्ञको सुझाव लिएर चुस्त र केही गर्न सक्ने टिम बनाएर भ्रष्टाचार र अनियमिततालाई धपाएर अघि बढ्न जरुरी छ। धरानको खानेपानी समस्या समाधान सप्तकोसीको पानीबाट मात्र सम्भव छ भन्ने उनले बुझिसकेकाले समस्याबाट छुटकारा पाउने योजना फत्ते गर्न लाग्नुपर्ने देखिन्छ। अब उनको परीक्षाको घडी सुरु भएको छ। नवनिर्वाचित मेयर साम्पाङलाई बधाई तथा शुभकामना।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया