उत्तर कोरियाका ७८ प्रतिशत ज्वरोका विरामी निको भए

बिएल संवाददाता

उत्तर कोरिया
File photo
File photo

उत्तर कोरियामा रहेका कम्तीमा पनि ७८ प्रतिशत ज्वरोका विरामी निको भएका छन्।

कोरियन सेन्ट्रल न्युज एजेन्सी, केसिएनएले जनाएअनुसार केही दिनदेखि कोरियामा ज्वरोको प्रकोप बढेको थियो र अहिलेसम्म ७८ प्रतिशत भन्दा बढी निको भएका छन्।

अप्रिलको अन्तिम तिरबाट ठूलो संख्याका नागरिकमा ज्वरोको प्रकोप बढेको थियो।

त्यस प्रकोपमा कम्तीमा पनि  २६ लाख ४० हजार नागरिक परेका थिए। उनीहलाई केहीलाई अस्पताल भर्ना गरिएको थियो भने केहीको घरमै उपचार भएको थियो।

शनिबार रातिसम्ममा २० लाख ६० हजार ज्वरोका विरामी निको भएका थिए, भने अरु केहीलाई उपचार जारी रहेको बताइएको छ।

उक्त समाचार समितिकाअनुसार ज्वरोको प्रकोपका कारण ६७ जनाको ज्यान गएको थियो। 

सुरुमा ज्वरो मात्र भनिएकामा पछि यहाँका कतिपय नागरिकमा कोरोना भाइरसको संक्रमण पनि देखिएको थियो। तर उत्तर कोरियाली सरकारले कोरोनाको प्रकोप नभएर ज्वरो मात्र भएको बताएको छ।

प्रकाशित मिति: : 2022-05-23 13:31:00

प्रतिकृया दिनुहोस्