असाममा बाढी–पहिरोः ५ सय परिवार रेलमार्गको ट्याकमा बस्न बाध्य

File photo
File photo

भारतको असाममा बाढी र पहिरो पीडित ५ सयभन्दा बढी परिवार रेलमार्गको एउटा ट्याकमा बस्न बाध्य छन्।

बाढीको पानीले नडुबेको जमुनामुख जिल्लाको एउटा गाउँका मानिसहरू ट्याकमा बस्न बाध्य भएका हुन्। 

हालै भीषण वर्षापछि आएको बाढी र पहिरोले उनीहरूको घर बगाएको थियो। 

बाढी सबै बगाइदिएपछि चङ्गजुराई र पाटिया पथर गाउँका मानिस अलपत्र परेका भारतीय सञ्चार माध्यमले जनाएका छन्। 

तिरपालमुनि अस्थायी आवासमा शरण लिएका गाउँलेहरु विगत पाँच दिनदेखि प्रदेश सरकार र जिल्ला प्रशासनबाट खासै सहयोग नपाएको गुनासो गरेका छन्।

बाढीका कारण २७ जिल्लाका ६० लाखभन्दा मानिस प्रभावित छन्। प्रिमनसुनमा वर्षापछि आएको बाढीबाट हजारौँ मानिस विस्थापित छन्। 

बाढीबाट सबैभन्दा बढी पूर्वी होजाइ र काचर जिल्लाका दुई लाख भन्दाबढी प्रभावित भएका छन्। 

बाढीमा ज्यान गुमाएका पीडितका परिबारलाई सरकारले जनही ४ लाख दिने यसअघि नै घोषणा गरिसकेको छ।

प्रकाशित मिति: : 2022-05-21 10:55:00

प्रतिकृया दिनुहोस्