नेपाल निर्वाचनः नयाँ जनप्रतिनिधिको शपथमा ढिलाइ भए पालिकामा कस्तो असर पर्नसक्छ

विसं २०७४ मा निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूको कार्यकाल बिहीवार जेठ ५ गते सकिँदैछ।

बिबिसी

काठमाडाैँ

मतगणनाको गति हेर्दा सबै चुनावी नतिजा बिहीवारसम्म आइसक्ने र शुक्रवार सबै जनप्रतिनिधिले शपथ लिइसक्ने अवस्था देखिँदैन।

शपथ नलिएसम्म नवनिर्वाचित जनप्रतिनिधिले कार्यभार सम्हाल्न पाउँदैनन्।

चुनावको मिति तोकिनुअघि निर्वाचन आयोगले जेठ ६ गते नयाँ जनप्रतिनिधिले जिम्मेवारी सम्हाल्न नपाए के गर्ने भन्नेबारे संविधानले समेत परिकल्पना नगरेको बताउने गरेको थियो।

विज्ञ के भन्छन्?

नवनिर्वाचित जनप्रतिनिधिहरूले निर्धारित समयभित्र शपथ लिन नसके त्यसले विभिन्न समस्या निम्त्याउन सक्ने विज्ञहरूले औँल्याएका छन्।

प्रकाशित मिति: : 2022-05-19 14:49:00

प्रतिकृया दिनुहोस्